गौरीगञ्ज ३१ भदौ । आउदै गरेको दसै तिहारलाइ लक्षित गरि गौरीगञ्ज क्षेत्रको सुरक्षा ब्यबस्था चुस्त गरिने कुरा सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समितीको मँगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमका सँयोजक तथा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सहभागिहरुले बढ्दो लागु औषध दर्ब्यसन‚ अनियन्त्रित मदिरा पसल‚ तथा सीसी क्यामेरा र सडक बत्तीहरुको बारेमा कुरा राखेका थिए । छाडा चौपायाले उत्पन्न गरेको समस्या अब्यबस्थीत सबारी साधन नियन्त्रण तथा बजार ब्यबस्थापन लगायतका कुराहरु समेत बैठकमा एजण्डाका रुपमा प्रस्तुत भएका थिए ।
बैठकलाइ सँबोधन गर्दै गापा अध्यक्ष श्रेष्ठले चाँडपर्वहरुलाइ लक्षित गरि सुरक्षाको दर्ष्टिले सँबेदनशील रहेको बिभिन्न क्षेत्रहरुमा सडक बत्तीको ब्यबस्था गर्ने बिग्रेका ९ वटा सीसी क्यामेरालाए बुधबार देखि नै मर्मत गर्न लगाउने लगायतका कुरा बताए ।
इलाका प्रसाशन कार्यालय प्रमुख राजु दाहाल र इलाका प्रहरी कार्यालय प्रमुख गणेश भट्टराइ समेतको उपस्थिती रहेको सो बैठकले चाँडपर्बलाइ लक्षित गरि नियम बनाएर राती ९ बजे सम्म मात्र मदिरा पसल लगायतका पसलहरु खुल्ला राख्न दिने र सो सँबन्धी माइकिङ् गर्ने‚ बस ट्याम्पो लगायतका सबारी साधनलाइ ब्यबस्थीत गर्ने‚ छाडा चौपाया लाइ नियन्त्रण गर्ने लगायतको बिषयमा निर्णय गरेका छन् ।
बैठकमा बोल्दै समुदाय प्रहरी साझेदारीका सदस्य बिश्वराज रिजालले यि बिषयहरु केवल निर्णय पुस्तिका भित्र मात्र सिमित नभएर कार्यन्वयन पक्षमा समेत जोड दिन गाउँपालिका र प्रहरीलाइ सचेत गराएका थिए ।
आउदै गरेको चाँडपर्वलाइ लक्षित गरि गौरीगञ्जको सुरक्षा ब्यबस्था चुस्त गरिने
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

