जितिया पर्वको अबसरमा जब राष्ट्रिय कलाकारहरुले गौरीगञ्ज तताए

पढ्न समय: 1 मिनेट

झापाको गौरीगञ्जमा पहिलो चोटी जितिया पर्वमा जितिया महोत्सब मनाइएको छ । मधेशी समुदायका महिलाहरुले श्रीमान तथा छोराछोरीहरुको सु स्वास्थ्य तथा दिर्घायुका लागि जितिया पर्वमा ब्रत बस्ने चलन छ ।
शनिबार जितिया महोत्सब सँगै गौरीगञ्जबासीले पहिलो पटक झिझिया गोसावनी र जट जटिन जस्ता मिथिला लोक सँस्कृतीका लोक नृत्यहरु हेर्ने अबसर पाएका थिए ।
बिराटनगरबाट आएका मैथिल कलाकारहरुले झिझिया र जट जटिन जस्ता लोक नृत्यहरु प्रस्तुत गरेर दर्शकहरुलाइ भरपुर मनोरँजन दिएका थिए ।
राष्ट्रिय गायक रामा मण्डलले आफ्ना पुराना नेपाली गीतहरु सँगै केहि मैथली गीतहरु गाउदा दर्शकहरु स्टेज बरपर निक्कै झुम्मिए । मैथली भाषाका अर्का चर्चित गायक बिरेन्द्र झाले स्टेज सँहाल्न थाले पछी दर्शकहरु स्टेजमै उक्लेर समेत नाच्न भ्याए ।
तितो सत्यकी कलाकार सँगिता यादबको प्रहसनमा गौरीगञ्जबासी उतिकै रमाएका देखिन्थे ।
हजारौ दर्शकको भिडभाडमा सम्पन्न भएको जितिया महोत्सब सँचालन यादब सेवा समितीका सह सचिब अशोक प्रसाद यादब र सँचारकर्मी राधा मण्डलले गरेकी थिइन । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जितिया महोत्सब राजकुमारी यादबको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment
  • कार्यक्रम संचालक राधा जि हुनुहुन्थ्यो कि अरु को हि थियो ?यहि हो पत्रकार को नियत ? जे मनमा लाग्यो त्यही रिपोर्ट लेख्ने ,कार्यक्रम संचालक को नाम थाहा थिएन भने सोधनुपर्दैन ?

Leave a Reply to अशोक प्रसाद यादव Cancel reply

Your email address will not be published. Required fields are marked *