गौरीगञ्ज, असोज ५ । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेकी २० बर्षिया गँगा गिरीको उपचारका लागि मलेसिया स्थित सामसुङ कम्पनीमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कम्पनीमा कार्यरत नेपाली कामदारहरुको समुहले नेपाली रकम रु ६५ हजार ४ सय ७ रुपैंया मनि ट्रान्सफर मार्फत बिरामीका बुवा दान बहादुर गिरीका नाममा पठाएको कुरा मलेसियाबाट नबिन गिरीले जानकारी दिएका छन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित कृष्णमन्दिर टोल निवासी २० वर्षीय छोरी गंगा गिरीको उपचारका लागि बुवा दान बहादुर गिरीले छोरीको उपचारका लागि सहयोग गरिदिन हुन अपिल गरेका छन् । बिरामी गँगा गिरी को बाल्यकाल गौरीगञ्ज ३ स्थित गिरी टोलमा बितेको हो ।

हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् गंगाको १ महिना भित्र मृर्गौला नफेरे ज्यान जान सक्ने डाक्टरले सुझाएका छन् । भावुक हुँदै बुवा दान बहादुरले भने –‘काठमाण्डौ र विराटनगरको हस्पिटलमा राखेको २ महिना भो, उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ मनकारीको सहयोग बेगर त अब उपाय नै छैन ।
गंगाको उपचार गरी उनीलाई पुर्नजीवन दिलाइदिन देश विदेशका सम्पूर्णमा परिवारजनले आग्रह गरेको छ । गंगाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकले गंगा गिरी बचाउ अभियानको नाममा कनकाइ विकास बैंकमा खोलिएको खाता नम्बर ०१७०१३०००५०५३४०००००१ मा सोझै रकम पठाउन सकिने परिवारजनले बताएको छ ।
गंगालाई सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले बुवा दान बहादुरको मोवाइल नम्बर ९८२५९१४५२८ मा पनि सम्पर्क गर्न सकिने गिरी परिवारले जनाएको छ ।

