जब गौरीगञ्जका बिद्यार्थीहरुले सडकमा ‘गो ब्याक इण्डिया’को नारा घन्काए

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज २९ कार्तिक । भारतिय बिस्तारबाद बिरुद्ध झापाको गौरीगञ्ज बजारमा पनि गो ब्याक इण्डियाको नारा घन्किएको छ । शुक्रबार स्वतन्त्र बिद्यार्थी युनियन गौरीगञ्ज क्याम्पसको आब्हानमा भएको बिरोध र्यालीमा गौरीगञ्जका बिभिन्न सामुदायिक तथा निजी बिद्यालयका बिद्यार्थीहरु स्थानीयबासीहरु र जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
गौरीगञ्ज माबिको गेटबाट शुरु भएको बिरोध र्याली गौरीगञ्ज बजार र खजुरगाछी बजार परिक्रमा गरि गौरीगञ्ज चोकमा आएर कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागि हरुले गौ ब्याक इण्डिया ‚ कालापानी हाम्रो हो‚ भारतिय बिस्तारबाद मुर्दाबाद लगायतका भारत बिरोधि नाराहरु लगाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *