गौरीगञ्ज क्याम्पसका बिद्यार्थीहरुलाइ ट्राफिक सचेतना

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज‚ ६ असोज । झापाको गौरीगञ्ज स्थित गौरीगञ्ज बहुमुखी क्याम्पसका बिद्यार्थीहरुलाइ एक दिने ट्राफिक सचेतना अभिमुखिकरण तालिम दिइएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिका वडा नँ ३ को आर्थिक सहयोग र गौरादह गौरीगञ्ज ट्राफिकको प्राबिधिक सहयोगमा सो सचेतना कार्यक्रम सञ्चालन भएको हो ।
अभिमुखिकरण तालिममा सडक र फुटपाथको परिचय‚ फुटपाथमा हिड्दा र बाटो काट्दा ध्यान दिनु पर्ने कुराहरु‚ बिभिन्न प्रकारका सवारी साधनहरुको परिचय‚सवारी साधनमा चढ्दा ओर्लदा र सवारीमा बस्दा ध्यान दिनु पर्ने कुराहरु‚ ट्राफिक प्रहरी र ट्राफिक स्वयम् सेवकको परिचय‚ ट्राफिक नियम र ट्राफिक चिन्हहरु बारे जानकारी दिइएको थियो ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्य र स्वबियु सभापती देब ताजपुरियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नँ ३ का वडाध्यक्ष मखना महतो क्याम्पस प्रमुख सर्वतलाल राजवँशी इलाका प्रहरी गौरीगञ्जका प्रमुख गणेश भट्टराइ पुर्व क्याम्पस प्रमुख केदारनाथ रिमाल क्याम्पस सँचालक समिती सदस्य बिष्णु न्यौपाने केदार ढुँगेल उमानाथ भण्डारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण ट्फिक नारायण भट्टराइले गरेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *