कावासोती दुर्घटना : कारमा सवार पाँचै जनाको मृत्यु

पढ्न समय: 2 मिनेट

नवलपरासी) — पूर्व-पश्चिम महेन्द्रराजमार्गको दुई स्थानमा सोमबार राति भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भएको छ । सोमबार राति १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार कार दुर्घटनामा मृत्युहुनेमा नवलपरासीको देबचुली नगरपालिका केउरेनीका ३५ वर्षका पूर्णबहादुर बिक, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगरको मृत्यु भएको हो । अन्य २ जनाको सनाखत भएको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार दांगबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस अरुणखोलामा पल्टिँदा बसका चालक हेटौंडाका लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको र अन्य ३९ जना घाइते भएका हुन् । मंगलबार बिहान ५ बजे दुर्घटना भएको हो ।
बसका घाइतेलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ । चालक निदाएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइतेहरुका विवरण
सल्यानकालीमाटी गाउँपालिका-४ का रामबहादुर ओली, लेखराज केसी, प्रकाश केसीसलेश्वरी गाउँपालिका-१ का बस्ने रोहित चन्दकपुरकोट गाउँपालिका ४ का दिपक पुन, दलबहादुर ओली
सुनसरीईनरुवा नगरपालिका-१० का रिजवार आलम
रोल्पा (पश्चिम)गंगादेव गाउँपालिका ६ का नवलसिंह ओली
नवलपरासी (पूर्व)विनयत्रिबेणी गाउँपालिका १ का नरबहादुर श्रेष्ठ
रुकुम (पूर्ब)भूमे गाउँपालिका ८ का प्रमबहादुर बुद्ध
दाङतुलसीपुर उपमहानगरपालिका नगरपालिका १४ का बसका सहचालक सुजन बुढाथोकी, दुर्गा परियार, कल्पना परियारतुलसीपुर नरपालिका १ का प्रेम भुसाल
गुल्मीदरबडी गाउँपालिका ५ का जगदीश अर्याल
घाइते सबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

- Advertisement -
Ad image

ईकान्तिपुर डटकम बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *