गौरीगञ्जमा बजार अनुगमन : दिइयो १५ दिने अल्टिमेटम

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज ३० भदौ । गौरीगञ्ज गाउँपालिकाको नेतृत्वमा गौरीगञ्ज बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ । आइतबार र सोमबार दुइ दिन गरिएको अनुगमनमा पसलेहरुले प्राय मुल्य सुची नराखेको पाइएको छ ।
गौरीगञ्ज गाउँपालिकाको नेतृत्वमा भएको बजार अनुगमन मा गापा अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा इलाका प्रसासन कार्यालय प्रमुख राजु दाहाल उद्योग बाणिज्य सँघ अध्यक्ष तथा वडाध्यक्ष मखना महतो उद्योग बाणिज्य सँघ सचिब श्रवण गिरी इलाका प्रहरी कार्यालयका प्रमुख गणेश भट्टराइ गाउँपालिकाका शाखा अधिकृत बिरेन्द्र खड्का लगायतले बजार अनुगमन गरेका थिए ।
अनुगमन टोली सँयोजक दिपेन्द्र थापा का अनुसार अनुगमनका क्रममा मुल्य सुची नराख्ने म्याद गुज्रेको सामान राख्ने तथा दर्ता प्रकृयामा नगएका पसलेहरुलाइ १५ दिन भित्र सच्चीन अल्टिमेटम दिइएको छ । १५ दिन भित्र सबैले देखिने गरि मुल्य सुची नराखे दर्ता प्रकृयामा नगए वा अन्य सुधार नगरे उक्त ब्यापारीलाइ कार्वाही गरिने कुरा उनले बताएका छन् ।
आइतबार १२ पसल र सोमबार ६७ वटा पसलको अनुगमन गरिएको कुरा शाहा अधिकृत बिरेन्द्र खड्काले बताए । अनुगमन टोलीले बजार क्षेत्रका किराना पसल औषधी पसल होटल हार्डवेयर तथा गहना पसलहरुको अनुगमन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *