अब गौरीगञ्जमा पनि रेडक्रस सोसाइटी

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज ३० भदौ । गौरीगञ्ज गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिती गठन भएको छ । सोमबार बेलुका गौरीगञ्ज गाउँपालिकाको सभाहलमा भएको ६ वटै वडाको प्रतिनिधि मुलक भेलाले ९ सदस्यीय तदर्थ समिती गठन गरेको हो । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको भेलाले कैलाश कुमार मास्केको सँयोजकत्वमा ९ सदस्यीय समिती गठन गरेको हो समितीमा ज्ञानु राजवँशी पुष्पलता राजवँशी नन्दराज थापा कल्पना थापा नइन्द्र बहादुर काफ्ले सन्तलाल ताजपुरिया यादव रिजाल र सञ्जीव रमन सदस्य रहेका छन् ।
रेडक्रसका जिल्ला सभापती लोकराज ढकाल उप सभापती मित्रदेब काफ्ले जिल्ला मन्त्री चन्द्र चुँडाल र प्रदेश १ का उप कोषाध्यक्ष प्रकाश खरेलको उपस्थितीमा बसेको भेलामा गौरीगञ्ज २ तुलाचनका स्थानीय मीन कतिवडाले रेडक्रस कार्यालय निर्माणका लागि २ कट्ठा जग्गा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् भने गौरीगञ्ज गापाका अध्यक्ष बाबुराजा श्रेष्ठले भवन निर्माणका लागि बजेट पहल गर्ने बचन बद्धता गरेका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *