गौरीगञ्जमा नापतौल सँबन्धी उपभोक्ता सचेतना

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज मँसिर १५ । गुणस्तर तथा नापतौल कार्यालय झापाको आयोजना र झापा उद्योग बाणिज्य सँघ गौरीगञ्जको सह आयोजनामा झापाको गौरीगञ्जमा नापतौल सँबन्धी उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग बाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतोको सभापतित्व र गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सचेतना कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख कमल ओझाले नापतौल सँबन्धीय प्रचलित ऐन कानुन र सजायको बारेमा सहजिकरण गरेका थिए । उनले ढक तराजु वा अन्य मापन यन्त्रहरुको सरकारी चेक जाँच प्रमाणिकरण देखि लिएर नबिकरण प्रकृया सम्मको जानकारी दिएका थिए ।
सँघका पुर्व अध्यक्ष भोजराज सेढाइले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रमुख अतिथी बाबुराजा श्रेष्ठले नाप तौल सँबन्धी जानकारी आम उपभोक्ता सम्म पुर्याउन जरुरी रहेको कुरा बताएका थिए । कार्यक्रम सञ्चालन भने सँघका तर्फबाट श्रवण गिरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *