गौरीगञ्जको शिक्षा क्षेत्र मै जीवन समर्पित गर्ने १० शिक्षक सहित १३ जना सम्मानित

पढ्न समय: 2 मिनेट


गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित १० जना शिक्षकहरुलाइ सम्मान गरेको छ । बाल दिबसको उपलक्ष्यमा गौरीगञ्ज माबिमा आयोजित कार्यक्रममा १० जना शिक्षक सहित १३ जनालाइ सम्मान गरिएको हो । गाउँपालिकाले ७ जना सामुदायिक बिद्यालयका शिक्षक ३ जना सँस्थागत बिद्यालयका शिक्षक २ जना बिद्यालय ब्यबस्थापन अध्यक्ष र १ जना बिद्यालय कर्मचारीलाइ सम्मान गरेका हुन् ।
सम्मानित हुने सामुदायिक बिद्यालयका शिक्षकहरुमा बालकल्याण माबिका युवराज खतिवडा खजुरगाछी माबिका पुर्व प्रअ राजेन्द्र ढकाल गौरीगञ्ज प्रबिका मोतीलाल ताजपुरिया गौरी प्राबिका बालकृष्ण भण्डारी आदर्श माबिकी गोमा थापा जनता प्रबिका भोला भ०डारी ज्योती बालबिकाश केन्द्रकी सुखमाया सुवेदी छन् । त्यसै गरि सँस्थागत बिद्यालयका शिक्षक तर्फ ज्ञानकुञ्ज एकेडेमीका उमेश मल्लिक देबकोटा माबिका सुर्य ताजपुरिया न्यु युनिभर्सलका परमानन्द पौडेल छन् । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष हरुमा आदर्श माबिका फागुलाल राजवँशी र गौरी प्राबिका निलहरी काफ्ले सम्मानित भएका छन् भने लामो समय देखि बिद्यालयका कर्मचारीका रुपमा कार्यरत खजुरगाछी माबिका भोला सापकोटा सम्मानित भएका हुन । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा कार्यकारी अधिकृत राजकुमार शाक्य लगायतले दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरेका थिए ।
सम्मान पछी मन्तब्य राख्दै खजुरगाछी माबिका पुर्व प्रअ राजेन्द्र ढकालले यो सम्मानले आफुहरुमा उर्जा थपेको कुरा बताए ।


त्यसै गरि गौरीगञ्ज गाउँपालिकाले एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुइ जना सामुदायिक र दुइ जना सँस्थागत बिद्यालयका बिद्यार्थीहरुलाइ समेत सम्मान गरेको छ । एसइइमा गाउँपालिका भरी उत्कृष्ट जीपीए ल्याउने सामुदाथिक बिद्यालय तर्फ बालकल्याणकी रत्ना राइ र खजुरगाछी माबिका मिथुन यादब त्यसै गरि सँस्थागत तर्फ ज्ञानकुञजकी स्मृती निरौला र ज्ञानोदयका सुलभ श्रेष्ठ नगद रु ५ हजार र सम्मान पत्र सहित सम्मानित भएका छन् ।

- Advertisement -
Ad image


त्यसै गरि गौरीगञ्ज गाउँपालिकाले बाल दिबसकै अबसरमा गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित ४ वटा सामुदायिक प्लस टुहरु गौरीगञ्ज माबि खजुरगाछी माबि गौरीगञ्ज क्याम्पस र बालकल्याण माबिका ४० जना जेहेन्दार छात्राहरुलाइ साइकल समेत बितरण गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *