गलत औषधिका कारण दमकमा एक महिलाको ज्यान गयो

पढ्न समय: 1 मिनेट

दमक भदौ २९ .  झापामा पायल्सको बिरामी भएकी दमक-९ कि शुष्मा देवी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

पायल्सका कारण बिरामी परेकी उनको उपचार गराउन श्रीमान् वरुणले धामीले दमक–५ स्थित प्रशान्त थेरापी एण्ड आयूर्वेद क्लिनिक लगेका थिए ।

- Advertisement -
Ad image

उपचारमा गलत औषधी र इञ्जेक्सन प्रयोग भएका कारण बिरामीको मृत्यु भएको परिवारको दाबी छ । दमक– ५ लाइफ लाइन अस्पतालदेखि करिब ५० मिटर उत्तरमा रहेको सो क्लिनिकमा उपचार गराउन पुर्याइएकी चौधरीको अवस्था असामान्य बनेपछि सो क्लिनिकका वैद्यले हतार हतार सिटी सफारीमा चढाएर नजिकै रहेको लाइफलाइन अस्पतालमा ल्याएका थिए ।

हस्पिटल ल्याउने बित्तिकै बिरामीको मृत्यु भएपछि क्लिनिकले गलत औषधी प्रयोग गरेका कारण बिरामीको मृत्यु भएको रहस्य सार्वजनिक भएको हो ।

पायल्सका बिरामीलाई प्रयोग गरिने लिडो क्याङ नामक इन्जेक्सनको मात्रामा मिलाउन नजान्दा यस प्रकृतिका घटना हुने गरेको चिकित्सकको भनाइ छ । श्याम कुमार श्रेष्ठले सञ्चालन गरेको सो क्लिनिक घटना हुने बित्तिकै सञ्चालकलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

आवर बिराटनगर डटनेट बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *