गौरीगञ्ज गाउँपालिका को पुर्व तिरको छिमेकी झापा गाउँपालिकामा पनि १ जना कोरोना संक्रमित भेटिएका छन् । ।
स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज थप भएका ३६ जनामध्ये झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
उनि झापा गाउँपालिका वडा नँ ४ स्थित पेटकार्नी बस्तिको ३३ वर्षिय पुरुष रहेको बुझिएको छ । चार दिन अघि भारतको मुम्बइ बाट आएका उनलाइ डिघलबैँक नाका बाट स्वास्थ्यकर्मि र सुरक्षा कर्मिले उद्दार गरी डिल्लिराज माबिको क्वारेन्टाइन मा पुर्याएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाइ अस्पताल लैजाने तयारी भइरहेको कुरा झापा गाउँपालिकामा अध्यक्ष जयनारायण साहले गौरीगञ्ज दर्पणलाइ बताएका छन् ।
यो सँगै झापामा संक्रमितको संख्या ३६ पुगेको छ र नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

