गौरीगञ्जको छिमेकी रतुवामाइ नगरपालिकाको १ पुरुषमा कोरोना सँक्रमण पुष्टी

पढ्न समय: 1 मिनेट

सोमबार थपिएका ५३ जनामा कोरोना संक्रमित मध्ये १ जना गौरीगञ्जको छिमेकी नगरपालिका रतुवामाइ नगरपालिकाकाो रहेको बुझिएको छ ।

मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका युवकमा कोरोना देखिएको हो।

- Advertisement -
Ad image

२५ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले गौरीगँज दर्पण डटकमलाइ जानकारी दिएका छन् ।
संक्रमित युवक गत शुक्रबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए। त्यसपछि उनी एकरात घर बसेका थिए। त्यसपछि भोलिपल्ट बिहान उनलाई काकाले मोटरसाइकलमा राखेर नगरपालिकाको हेल्थ डेस्कमा पुर्याए लगत्तै गरिएको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि विराटनगर पठाइएको थियो।

मेयर राईले भने,‘त्यहाँ पनि पोजेटिभ आयो भनेर खबर आयो। युवकलाई अस्पताल लाने तयारी हुँदैछ।’
सोमबार एकैचोटि थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सँक्रमित सँख्या ३ सय ५७ पुगेकोछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *