गौरीगञ्ज । दक्षिण झापाकै पुरानो खानेपानी आयोजना मध्येका गौरीगञ्ज खानेपानी आयोजनाबाट बितरित पानी खान अयोग्य रहेको कुरा उपभोक्ताहरुले बताएका छन् । आइतबार गौरीगञ्ज गाउँपालिकाको सभाहलमा बसेको उपभोक्ताहरुको छलफलमा अधिकाँश उपभोक्ताहरुले आयोजनाबाट बितरित पानी खान अयोग्य रहेको कुरा बताएका हुन् ।
खानेपानीको पुरानो समितीले केहि समय अघि बिधान बिपरित अर्को तदर्थ समिती बनाइ काम हस्तान्तरण गरेको तर आय व्यय हस्तान्तरणा नगरेका कारणले उत्पन्न बिबाद बारे छलफल गर्न बोलाइएको उपभोक्ताहरुको सो बैठकमा पुरानो समितीले वडा नँ ३ को कार्यालयमा बुझाएको गत बर्षको अडिट रिपोर्ट माथि प्रश्न उठाउदै पंतिबेदनमा खर्च बिबरण मा मात्र केन्द्रित रहेको र आमदानी बिबरण प्रस्ट नभएको कुरा उठाएका थिए ।
पुराना समितीका पुर्व कावा अध्यक्ष देबी राजवँशीले पुरानो समितीले उपभोक्ताहरु सँग एक पैसा पनि नउठाइ पाइप ओछ्याउने काम गरेको र पुराना समितीका पदाधिकारीहरु अहिले पनि लाखौको ऋणमा रहेको कुरा भनेका थिए । त्यस पछी उपभोक्ताका तर्फबाट बोल्दै केदारनाथ रिमालले पाइप जति सबै खानेपानी डिभिजन कार्यालयले दिएको र समितीले हरेक उपभोक्ताबाट धरौटी रकम लिएको तर ति धरौटी रकम कहा कसरी र केमा खर्च भयो सोको कुनै लेखा जोखा समिती सँग नरहेको कुरा बताएका थिए ।
पुरानो समितीले वडा नँ ३ को कार्यालयमा बुझाएको अर्थिक प्रतिबेदनमा पुरानो समिती माथि बिभिन्न शिर्षकमा रु ९ लाख ६२ हजार ऋण रहेको उल्लेख छ ।
प्रतिबेदनले देखाएको ऋणको दायित्व कसले लिने भन्ने प्रसँगमा बोल्दै गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापाले पुरानो समिती नया समिती र उपभोक्ताहरुको त्रिपक्षिय सहमतीबाट समस्याको हल निकाल्नु पर्ने कुरा बताएका थिए ।
उपभोक्ताहरुको भेलाले पुरानो समितीले बुझाएको आय व्यय माथि छानबिन गर्न पाच सदस्यीय समिती समेत गठन गरेको छ । वडाध्यक्ष मखना महतोको सँयोजकत्वमा बनेको पाच सदस्यीय छानबिन समितीमा अर्जुन दैगाल राजेन्द्र कार्की डम्वर बस्नेत र लक्ष्मण कार्की सदस्य रहेका छन् । समितीले ३५ दिन भित्र छान बिन गरि प्रतिबेदन पेश गर्नेछ ।
गौरीगञ्जको खानेपानी पिउन अयोग्य
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

