गौरीगञ्जका बित्तिय सँस्थाहरु कोरोना बिरुद्ध गाउँपालिका सँग सहकार्य गर्ने

पढ्न समय: 1 मिनेट


बिश्व भरी कोरोना भाइरसको महामारी फैलिएको बेला सो महामारी बिरुद्ध गौरीगञ्ज गाउँपालिका भित्रका सबै बैँक तथा सहकारी सँस्थाहरुले गौरीगञ्ज गाउँपालिका सँग सहकार्य गर्ने भएका छन् । गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाको अध्यक्षतामा बसेको गौरीगञ्जका बित्तिय सँस्थाहरुको प्रतिनिधिहरुको छलफलले सो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी बिरुद्ध चेतना तथा साबधानीका उपायहरु अबलम्वन गर्न गाउँपालिका एक्वैवे सम्भव नभएकाले सो महामारी बिरुद्ध गाउँपालिका भित्र सञ्चालित सबै बित्तिय सँस्थाहरुले आ आफ्नै हेल्प डेस्क राख्ने‚ पोस्टर पर्चा बाड्ने‚ माइकिङ गर्ने लगायतका कार्यहरु गर्ने निर्णय गरिएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताएका छन् । त्यसै गरि आज बसेको कोरोना बिरुद्धको गाउँपालिका स्तरिय कार्यदल बैठकले पुर्व कार्यको समिक्षा गर्दै खुला रुपमा आबत जावत भइरहेको भारतिय सीमा नाकाहरु बाट गौरीगञ्जबासीहरुलाइ निकै असुरक्षा महसुस भएकाले सीमा नाकाहरु पुर्ण रुपमा बन्द गराउन माथिल्लो निकायमा दनुरोध गर्ने निर्णय भएको कुरा स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । कार्य दल सँयोजक प्रविण दाहालको अध्यक्षतामा बसेको बैठकले आगामा दिनको रणनिती समेत तय गरेको कुरा मिश्रले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *