
रबिन्द्र बराल
रंगेली मा रहेको सप्तकोशी डेभलपमेन्ट बैक तथा लुम्बिनी मा बृद्ध भत्ता लिन वृद्धवृद्धा हरु काे घुईचाे देखिन थालेको छ । विश्वभर भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले गर्दा यतिबेला हाम्रो मुलुकमा पनि यसको त्रास ले बढीरहेको छ । सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन उद्री जारी पनि गरिसकेको छ । तर रंगेली नगरपालिका ले काे अागाडि मा रहेको सप्तकोशी डेभलपमेन्ट बैकमा भने शुक्रबार देखि नै सामाजिक सुरक्षा भत्ता वापतको रमक बैकमा जम्मा गरेसँगै बैकमा वृद्धवृद्धाको भिड देखिन थालेको छ ।
विश्व स्वास्थ्य संगठनले सबैभन्दा बढी ६० बर्ष उमेर पुगेका वृद्धवृद्धामा बडि जाेखिम हुने उल्लेख गरेता पनि यसबारे भने बृद्ध,बृद्घा हरुलाई भने कुनै जानकारी छैन । केही दिन अगाडि नेपाल सरकारले २५ जना भन्दा भेला नहुनु भनेर अावाहन गरेता पनि सप्तकोशी डेभलपमेन्ट बैकमा भने बिहानैदेखि १ सय भन्दा बडि बृद्ध, बृद्धा बैकमा पैसा लिने भीड देखिन्छ । नेपाल सरकारले वृद्ध,वृद्धा हरु लाई सामाजिक सुरक्षा भत्ता बापत प्रत्येक चौमासिक रूपमा निकासा गर्दे अाएकाे छ । नगरपालिका ले फागु पुर्णिमा भन्दा अगाडि रकम बैक हरुमा पठाएको नगरपालिका का कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदीले बताए । बैक काे ढिलासुस्ती का कारण बृद्ध बृद्धा हरुलाई काेराना भाईरस काे बेवास्ता गर्दे बृद्ध भत्ता लिन बाध्य रहेका छन । भत्ता लिन बैंकमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको ठूलो भिड लागेको छ । त्यस बाहेक सामाजिक सुरक्षा भत्ता लिने एकल महिला, दलित आदि समूदायको पनि बाक्लो उपस्थिति रहेको छ । बैंकहरुले भिडलाई व्यवस्थित गर्न पनि सकेकाेे छैन । बैक काे मुुुख्य गेट देखि नै बृद्ध हरु भुईमा बसिरहेको समेत देखिन्छ । यस बिषयमा नगरपालिकाले समयमै सचेतना हुन जरुरी देखिन्छ । यता बैका मेनेजर केशव प्रसाईं ले भने बृद्ध हरु ले कुरा नबुझेर भिड भएको र भाेलि देखि ब्यवस्थित रुपमा बृद्धभत्ता बितरण गरिने उनले वताए ।

