बोलोचोकको रिले मेसिन बिग्रिदा गौरीगञ्जको बिद्युत आपुर्ति ठप्प : साझ सम्म लाईन सुचारु हुने

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज, २६ भदौ । झापाको बोलोचोक स्थित बिद्युत प्राधिकरणको रिले मेसिन बिग्रदा बिहिबार बिहानैदेखि गौरीगञ्ज र आसपासका क्षेत्रमा बिद्युत आपुर्ति अबरुद्ध भएको छ । मेसिन मर्मत नै नहुने गरि बिग्रिएपछी नया मेसिन नआउञ्जेल सम्मका लागि कोरोबारी तिरको लाई बाट गौरीगञ्ज क्षेत्र तिर बिद्युत सप्लाई गर्ने तयारी थालिएको छ ।
गौरीगञ्ज क्षेत्रमा कार्यरत प्राबिधिक राम चन्द्र ठाकुरका अनुसार साँझ सम्म गौरीगञ्ज क्षेत्रमा बिद्युत आपुर्ति सुचारु हुनेगरि काम भई रहेको छ । ग्वाल्डुब्बा ठकठके देखि केहि पर ११ सय केभीको तार चुडिएकोले सो तार जोडिने बितिकै बिद्युत सुचारु हुने कुरा गौरीगञ्ज दर्पण लाई जानकारी गराएका छन् । सो स्थानमा अहिले प्राबिधिक टोलिले तिब्र रुपमा काम गरि रहेको कुरा बुझिएको छ ।
प्राबिधिक ठाकुरले तार जडानको काम लगभग सकिन आटेकोले केहि समयमै बिद्युत आपुर्ति सुचारु हुने कुरा बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *