एसईई नतिजा चित्त बुझ्दो नआएपछी किशोरी द्वारा आत्महत्या

पढ्न समय: 1 मिनेट

काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै एसइई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार  श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन्।

- Advertisement -
Ad image

परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने बताए।

प्रहरीका अनुसार उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको छ।

बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो।

सेतोपाटी बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *