उर्लाबारीमा एकाबिहानै टिप्परले लियो एक बालिकाको ज्यान

पढ्न समय: 1 मिनेट

उर्लाबारी, १७ मंसिर । मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान ८ : ३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृत्यु भएको हो । ठक्कर दिने टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *