असार १७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले असन्तुष्ट पक्षलाइ सँबोधन नगरी गाउँपालिकाको बजेट अधिवेशन अन्त्य गरेपछी असन्तुष्ट सदस्यहरुले फेरी गाउँसभा सञ्चालनको माग गरेका छन् । उपाध्यक्ष पुजन न्यौपाने कुँवर लगायत ४ जना वडाध्यक्ष सहित १३ जना गाउँपालिका सदस्यहरुले १३ औँ गाउँसभा पुन सञ्चालनको माग गर्दै प्रमुख प्रसाशकीय अधिकृत सन्तोष श्रेष्ठ लाइ माग पत्र बुझाएका छन् ।

१३ औँ गाउँसभाको दोश्रो बैठकमा प्रस्तुत कार्यसुचीमा छलफल गरि निर्णयार्थ बिषय बस्तु पेश गर्नु पर्नेमा वडागत कार्यक्रमहरु पेश हुन नसकेको र पुर्वाधार बिकास शिर्षकको अबण्डा रकम बाँडफाँड हुन बाँकी रहेकोले पुन गाउँसभा सञ्चालनको मिति तोकी निर्णयमा पुग्न गउँसभाको बैठक बोलाउनका लागि अनुरोध छ – माग पत्रमा भनिएको छ ।

उपाध्यक्ष पुजन न्यौपाने कुँवर वडाध्यक्ष हरु किनालाल राजवँशी, श्रवण गिरी, फेका प्रसाद गिरी र बिजय सिँह गन्गाइ तथा वडा सदस्यहरु राजभक्त सुनुवार, रेखा राजवँशी, दुर्गा परियार , शर्मिला राइ, मिना पासवान, दिनेश प्रसाद गन्गाइ , कमला देवी अधिकारी र निरा ऋषिदेव ले मागपत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यपालिका बैठकबाट बजेटमा ब्यापक छलफल गरि मात्र अधिबेशनमा प्रस्तुत हुनु पर्नेमा अध्यक्षले कार्यपालिकामा छलफल नै नचलाइ आफुखुशी बजेट ल्याएकाले उपाध्यक्ष न्यौपानेले आइतबारको गाउँसभामा बिरोध जनाएकी थिइन । नियम अनुसार बजेट तर्जुमा अपाध्यक्षले गर्नुपर्ने हुन्छ र गाउँसभामा बजेट प्रस्तुत पनि उपाध्यक्षले नै गर्नु पर्ने नियम छ । तर गाउँसभामा उपाध्यक्ष न्यौपानेले बिरोध गरेपछी नियम मिच्र अध्यक्ष फुलबती राजवँशीले प्रमुख प्रसाशकीय अधिकृत सन्तोष श्रेष्ठ लाइ बजेट प्रस्तुत गर्न आदेश दिएकी थिइन । छलफलका लागि भनेर अधिकृत श्रेष्ठ द्वारा प्रस्तुत गरिएको बजेटमा काँग्रेस बाहेकका सदस्यहरुको राय नै नबुझि अध्यक्ष राजवँशीले अधिबेशन अन्त्य भएको घोषणा गरेपछी उपाध्यक्ष र ४ जना वडाध्यक्ष सहितका सदस्यहरु असन्तुष्टी जनाएका छन् । असार १० गते १३ औँ अधिबेशनको पहिलो बैठक बसेयता अध्यक्ष राजवँशीले गाउँपालिकामा दुइ पटक कार्यपालिका बैठक डाकेको तर १० बजे डाकिएको बैठकमा उनि आफै उपस्थित नहुने गरेको आरोप उपाध्यक्ष न्यौपानेले लगाएकी छन । बैठकमा समयमै बएका सदस्यहरु अध्यक्षलाइ पर्खिदा पर्खिदा फर्किसकेपछी बल्ल अध्यक्षले आफ्ना पक्षका सदस्यहरु लाइ बोलाएर दिउसो ३ बजे तिर बैठक बस्ने गरेको खुलासा अयाध्यक्ष न्यौपानेले गरेकी छिन् । उपाध्यक्षको यो खुलासालाइ प्रमुख प्रसाशकीय अधिकृत सन्तोष श्रेष्ठले पनि पुष्टी गरेका छन् ।

बहुमतको दम्भ देखाउदै अधिबेशन अन्तय गर्न भ्याएका अध्यक्ष फुलबती राजवँशीले आज बइतबारको अधिबेशनमा आफै हाजिर गर्न बिर्सिएको पाइएको छ । आइतबार साँझ गौरीगञ्ज दर्पणले अधिबेशनको उपस्थिती खाता खोजि गर्दा अध्यक्षले उपस्थिती खातामा उपस्थिती नै नजनाइ अधिबेशन अन्तय गरेको पाइएको हो । यस बाहेक केहि वडाध्यक्षहरुले असन्तुष्टी जनाउदै उपस्थितीमा हस्ताक्षर नगरि बाहिरिएका थिए ।