असार ५, झापा । हल्दिबारी गाउँपालिकाले भारतीय माछाको बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिका ले आसार १० गते आइतबार देखी भारतबाट आयादित मरेका माछा बेचविखनमा रोक लगाउने भएको हो ।
गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनका अनुसार कार्यपालिकाको वैठकले हल्दिबारी गाउँपालिका भित्र रहेका सवै हाटबजारमा ”फॉर्मेलिन” विषादी औषधी प्रयोग गरि भारतबाट ल्याइएका माछालाई प्रतिवन्ध गर्ने निर्णय गरीएको हो । आफ्नो पालिका भित्रका जनताको स्वास्थ्य लाई ख्याल गरि पालिका भित्रका मत्य पालक कृषक हरुको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले हल्दिबारी गाउँपालिका ले यो निर्णय लिइएको बुझिएको छ ।