मँसिर ९ गौरीगञ्ज । गौरीगञ्ज लगायत देश भरी आजबाट कक्षा १२ को परीक्षा शुरु भएको छ । कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण बैशाख देखि स्थगित हुदै आएको परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै आजबाट शुरु भएको छ ।
गौरीगञ्ज स्थित गौरीगञ्ज बहुमुखि क्याम्पस, खजुरगाछी माबि लगायतका विद्यालयहरुमा समेत मापदण्ड अपनाउदै परीक्षा शुरु भएको छ । गौरीगञ्ज ३ स्थित गौरीगञ्ज बहुमुखि क्याम्पसमा परीक्षार्थी हरुको शरिरको तापक्रम नापेर साबुनपानीले हात धुन लगाइ अनिवार्य मास्क र भौतिक दुरी कायम गराइ परीक्षामा सहभागि गराइएको छ । आपतकालिन अवस्थाका लागि सो परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी करण यादवको नेतृत्वमा हेल्थ डेस्क समेत राखिएको कुरा केन्द्राध्यक्ष सर्वतलाल राजवँशीले बताएकाछन् ।
यस पालि होम सेन्टर साथै पायक पर्ने केन्द्रबाटै परीक्षा दिन पाउने सरकारले ब्यवस्था गरे अनुरुप गौरीगञ्ज बहुमुखि क्याम्पस केन्द्रबाट यसै क्याम्पसका बिद्यार्थीहरु सँगै बिराटनगर र काठमाण्डौका अन्य ३ बटा क्याम्पसका बिज्ञान सँकायका ६ जना बिद्यार्थीहरुले समेत परीक्षामासहभागी भएकाछन् ।
त्यसै गरी खजुरगाछी मा बि केन्द्रमा समेत स्वास्थ्यका मापदण्डहरु अपनाइएको छ । परीक्षार्थीहरुले साबुनपानीले हात धुने देखि लिएर अनिवार्य मास्क सहित एउटा सिटमा एक जना मात्रै परीक्षार्थी बस्न पाउने गरि ब्यवस्था गरिएको कुरा केन्द्राध्यक्ष गहेन्द्र बिक्रम शाहले बताएका छन् । यस केन्द्रमा यसै बिद्यालयका बिद्यार्थीहरु मात्र परीक्षामा सहभागि भएकाछन् ।