रीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ २ दास चौरी स्थित करिब ५ बिघा ऐलानी जग्गा एक ब्यक्तिले एक गौर सरकारी सँस्थालाइ गैरकानुनी रुपमा हस्तान्तरण गरेको पाइएको छ । वडा नँ १ निवासी बिश्व प्रसाद अधिकारी ले वडा नँ २ दास चौरी स्थित ४ विघा १८ कट्ठा १० धुर ऐलानी जग्गा आफ्नो भएको दाबी गर्दै सो मध्ये २ बिघा जग्गा कन्काइ नगरपालिका स्थित कश्यप गोत्रिय अधिकारी बँश प्रतिष्ठानलाइ गैरकानुनी रुपमा हस्तान्तरण गरेको पाइएको छ । अधिकारीले सो स्थानको कि नँ १६८ को २ विघा ४ कट्ठा, कि नँ १६९ को २ विघा र कि नँ १७० को १४ कट्ठा १० धुर जग्गामा आफ्नो दाबी गरेको खुलेको छ । सो मध्ये कि नँ १६९ को २ बिघा जग्गा प्रतिष्ठानलाइ हस्तान्तरण गरेको हो । अधिकारी, जेष्ठ नागरिक सँघ गौरीगञ्जका अध्यक्ष समेत हुन् ।
कश्यप गोत्रीय अधिकारी बँश प्रतिष्ठानले कार्तिक २३ गतेको मितिमा वडा नँ २ को कार्यालयलाइ कि नँ १६९ को २ बिघा जग्गा गौरीगञ्ज १ महाभारा निवासी बिश्व प्रसाद अधिकारीले आफुले उपभोग गर्दै आएको मा बैशाख १ गते देखि प्रतिष्ठानलाइ स्वामित्व प्रदान गरेकोले सो जग्गा सँरक्षण का लागि सहयोग गरिदिने अनुरोध सहित पत्र पठाए पछी सो रहस्य बाहिर आएको हो ।

प्रतिष्ठानले वडा कार्यालयलाइ लेखेको पत्र


दास चौरी का ९ घर सुकुम्बासी सन्थाल हरुले बर्षौ देखि जोत भोग गर्दै आइ रहेको सो जग्गामा गत साउन २२ गते विश्व प्रसाद अधिकारी र उनका छोरा राजकुमार अधिकारीले एक्कासी ट्याक्टर लगाएर खन जोत गर्न थाले पछी स्थानिय लिखिराम हेमरम, ताला हाँस्दा, लगायत ९ जना स्थानियले वडा नँ २ को कार्यालयमा खनजोत कार्य रोकि पाउँ भनि निबेदन दिएका थिए ।

पिडितहरुले वडा कार्यालयमा दिएको निबेदन

वडा कार्यालयमा पिडित हरुले निबेदन दिए पश्चात अधिकारीले भदौ ३ गते सो जग्गा आफुले जोतभोग गर्दै आएको दाबी गर्दै जोत भोगको सिफारिस गरिदिन स्थानिय बिकास अधिकारीलाइ समेत पत्र लेखेका थिए ।

अधिकारीले स्थानिय बिकास अधिकारीलाइ लेखेको पत्र


अधिकारीले आफ्नो दाबी गर्दै कब्जा गर्न खोजेको जग्गा पहिला भिमप्रसाद चौधरीको रहेको र राजा महेन्द्रको पालामा भुमिसुधार लागु भएपछी सो हद बन्दी जग्गा नेपाल सरकारको मातहतमा रहेको कुरा स्थानिय शिक्षक नारायण कार्की ले बताए । उनका अनुसार पछी सो स्थानमा दास भनिने भुपनारायण यादबले जोत भोग गरेको र उनको नेपाली नागरिकता नभएकाले त्यस पछी र लामो समय सम्म सो जग्गा चौरी (गौचरण) का रुपमा मानिसहरुले प्रयोग गर्ने गर्थे । २०५४ – ५५ साल ताका सुकुम्बासी सन्थालहरु त्यहा आएर बसोबास गरेकोमा पछी कमल खोलाले कटान गरि ति सन्थालहरु केहि पश्चिम बसाइ सरेका थिए । अहिले खोलाले धार परिवर्तन गरेर सो जग्गा आवाद भएको कार्कीको भनाइ छ । स्थानिय बसन्त राजवँशीले पनि आफुले जाने देखि सो जग्गा ऐलानी रहेको र सन्थाल हरुले भोगचलन गर्दै आइरहेको बताएका छन् । एक्कासी नयाँ मान्छे आएर खनजोत गर्नथाले पछी आफु अचम्भित भएको उनि बताउछन् ।

मालपोत रसिद


अधिकारीले सो जग्गा आफ्नो भएको प्रमाण स्वरुप मिति २०७७ बैशाख ३० गते वडा नँ २ मा सो जग्गाको मालपोत तिरेको रसिद र फिल्डबुक को प्रतिलिपि पेश गरेकाछन् । यद्यपि उनिसँग सो जग्गाको धनिपुर्जा छैन । सो जग्गाको मालपोत रसिद पनि झुक्याएर काटिएको कुरा वडा नँ २ का कर्मचारी हिरा राजवँशी बताउँछन् । कार्यालयमा आएर सो जग्गा आफ्नो नँबरी भएको र धनिपुर्जा ल्याउन बिर्सिएकोमा एकदमै इमरजेन्सी परेकाले धनिपुर्जा लिन जान समय नभएको बताउदै अधिकारीले मालपोत काटिदिने अनुरोध गरेको कुरा राजवँशीले बताएकाछन् । अधिकारी जेष्ठ नागरिक सँघको अध्यक्ष भएको र उनका एक छोरा गाउँपालिका नै कार्यरत रहेकोले उनको कुरा साँचो नै होला भनेर आफुले धनिपुर्जा नहेरी मालपोत रसिद काटिदिएको उनले स्विकारेका छन् । त्यस अघिका बर्षहरुमा सो जग्गाको मालपोत तिरेको कुनै प्रमाण अधिकारी सँग छैन ।
साउन २२ गते यता पटक पटक अधिकारी बाबु छोराले सो जग्गामा कब्जा जमाउदै ट्याक्टर छिराएपछी गत बुधबार वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवँशीको अध्यक्षतामा स्थानिय भद्रभलाद्मी , पिडित र पिडक पक्ष राखि छलफल चलाइएको थियो । सो छलफलमा अधिकारीले २०७७ साल अघिको मालपोत रसिद र धनिपुर्जा देखाउन नसकेपछी पिडित सन्थाल परिवारहरुकै पक्षमा निर्णय सुनाइएको थियो भने सो जग्गामा आगामी दिनमा हकदाबी नगर्ने भनि अधिकारी ले सहमति सहित हस्ताक्षर गरेकाछन् । यद्यपि उनले सो जग्गाको स्वामित्व हस्तान्तरण , कश्यप गोत्रीय अधिकारी बँश प्रतिष्ठानबाट फिर्ता लिन भने बाँकी नै छ ।

बुधबार वडा कार्यालयमा गरिएको सहमति


प्रतिष्ठानका अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी का अनुसार उनले मालपोत तिरेको रसिद देखाएकोले आफुहरु उनकै नम्बरी जग्गा हो भनि विश्वास गरेको र सो जग्गा राजिनामा पास गरेर प्रतिष्ठानलाइ नदिएको बताएका छन् ।