सीमामा अलपत्र परेका नेपालीलाइ भित्र्याउन गौरीगञ्जका ३ सडक प्रयोगमा ल्याइने
५ जेठ गौरीगञ्ज । भारतिय सीमामा अलपत्र परेका नेपालीहरुलाइ जेठ ५ गतेबाट नेपाल आउन दिने जिल्ला ब्यापि निर्णय सँगै गौरीगञ्ज गाउँपालिका ले दो को पुर्व तयारी शुरु गरेको छ । आज छिमेकी पालिकाका प्रतिनिधि र सुरक्षा निकायहरु सहित गाउँपालिकामा बसेको बैठकले सीमामा अलपत्र परेका नेपालीहरुलाइ प्रवेश दिन गौरीगञ्जका ३ वटा नाकाहरु खुला गर्ने निर्णय गरेको छ ।
गौरीगञ्ज वडा नँ ५ स्थित फतेहपुर नाका, वडा नँ ४ को बैरिया नाका र वडा नँ २ को डाकुपाडा नाका लाइ प्रवेश द्वारको रुपमा सुरक्षित र सावधानी सहित खुलागरिने निर्णय भएको हो । तिनै वटा नाकामा होल्डिङ् जोन बनाइ भित्रिएका हरुलाइ केहि समय होल्डिङ जोन्स राखिने र त्यहा बाट गौरीगञ्जका नागरिकलाइ गौरीगञ्जकै क्वारेन्टाइन मा र अन्य पालिकाका नागरिकलाइ सँबन्धित पालिकाले आफ्नै क्वारेन्टाइन मा ब्यबस्थापन गर्ने गरि पठाइने निर्णय गरिएको छ ।
नेपाल भित्रिएकाहरु लाइ आ-आफ्नो पालिकाको क्वारेन्टाइन मा राखेर कोरोना परीक्षण गरेर मात्र घरमा पठाइने कुरा गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष दिपेन्द्र थापाले जनाएका छन् ।
त्यसै गरि सीमा क्षेत्र बाहेक भारत र अन्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाइ गौरीगञ्जको नाका मार्फत ल्याउनु पर्ने भएमा नजिकको सुरक्षा निकाय मार्फत बिबरण सँकलन गरि ईलाका प्रहरी कार्यालय गौरीगञ्ज, शसस्त्र प्रहरी बल गौरीगञ्ज मा बुझाउने र बिबरण सँकलन गर्न गौरीगञ्ज गाउँपालिका सँग सीमाना जोडिएका नेपालका पालिकाहरु समेतले आउन चाहने ब्यक्तिको नाम थार, अभिभावकको नामथर, ठेगाना, उमेर, लिँग, सम्पर्क नँबर र आउने बाटो समेत खुल्ने गरि बिबरण पेश गर्न सँबन्धित पाएकाले सुरक्षा निकायसँग समन्वय गर्नु पर्ने निर्णय गरेको छ ।
सीमामा अलपत्र परेका नेपालीलाइ भित्र्याउन गौरीगञ्जका ३ सडक प्रयोगमा ल्याइने
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

