सहारा नेपालको बार्षिकोत्सबमा गौरीगञ्जमा सरसफाइ तथा डस्टबिन बितरण

पढ्न समय: 1 मिनेट

चैत २१ गौरीगञ्ज । सहारा नेपाल बचत तथा ऋण सहकारी सँस्थाको २८ औ बार्षिकोत्सबको अबसरमा सँस्थाले गौरीगञ्जमा सरसफाइ तथा डस्टबिन बितरण गरेको छ । सँस्थाको गौरीगञ्ज सेवा केन्द्रले वडा नँ ३ स्थित गौरीगञ्ज चोक क्षेत्रका डस्टबिन बितरण तथा सरसफाइ गरेको हो । सेवा केन्द्र सहयोग उपसमिती सदस्य भोला प्रसाद खतिवडाको

- Advertisement -
Ad image

सभापतीत्वमा भएको कार्यक्रममा वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी वडा सदस्य शर्मिला राजवँशी लगायत सुरक्षा निकायका प्रतिनिधिहरु र सँस्थाका सेयर सदस्य हरुको उपस्थिती रहेको थियो ।

gd

यस अघि सहारा नेपालले गौरीगञ्ज गाउँपालिका सँगको साझेदारीमा ७६ वटा सुरक्षित आवि निर्माण गरि बिपन्न परिवारहरुलाइ हस्तान्तरण गरिसकेको परसँग उठाउदै सँस्थाका गौरीगञ्ज सेवाकेन्द्र प्रमुख धर्मराज अधिकारीले गाउँपालिकाले जग्गा उपलब्त्ध गराए जेष्ठ नागरिक चौतारी समेत निर्माण गरिने कुरा बताए । प्रमुख अतिथीको आसनबाट बोल्दै वडाध्यक्ष श्रवण गिरीले सहारा नेपालले बिपन्न परिवारहरुका लागि गरेको योगदानको प्रसँसा गर्दै जेष्ठ नागरिक चौतारीका लागि आवश्यक पर्ने जग्गाका लागि वडाले पहल गर्ने बताए ।

gd

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्