असार २१ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको सहयोगमा गौरीगञ्जको पालिका स्तरीय सरकारी समन्वय समितिले बँगुरको पाठो वितरण गरेको छ । गौरीगञ्ज गाउँपालिका भित्र मुख्य कार्यालय रहेका बिभिन्न सहकारी का ११ जना सदस्य हरु लाई उन्नत जातको बँगुर को पाठो वितरण गरिएको कुरा समन्वय समिति का सचिव सुशिल राई ले जनाएका छन् । गाउँपालिकाको ६० प्रतिशत अनुदान र पाउने सेयर सदस्य को ४० प्रतिशत लागत सहभागिता रकम बाट सो बँगुरको पाठो वितरण गरिएको कुरा सचिव राई ले बताए ।

पालिका स्तरीय सरकारी समन्वय समिति अध्यक्ष कर्मा शेर्पा को अध्यक्षतामा भएको पाँठो वितरण कार्यक्रम मा समिति का उपाध्यक्ष डिककुमारी अधिकारी सचिव सुशिल राई लगायतको उपस्थिति रहेको थियो ।