जेठ १६ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा शिक्षामा अधिकार शिक्षामा लगानी बृद्धि र यस्मा राजनैतिक दलहरुको भुमिका बिषयमा अन्तरकृया सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान झापाको आयोजना तथा एजुकेशन आउटलोडको सहकार्यमा गाउँपालिकाको सभाहलमा अन्तरकृया सम्पन्न गरिएको हो ।
गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीको प्रमुख आतिथ्यता र शिक्षाका लागि राष्ट्रिय अभियान झापाका सँयोजक अर्जुन पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख चुँडामणी आपागाइ शिक्षा सेवीहरु उमानाथ ओली युवराज पाण्डे मोहन प्रसाद ओली रेडक्रस सोसाइटी गौरीगञ्जका सभापती यादव रिजाल लगायत बिभिन्न सामुदायिक तथा निजि बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु र राजनैतिक दलहरुका प्रतिनिधिहरुको को उपस्थिती रहेको थियो ।
कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका कोशी प्रदेश कमिटी सँयोजक मोहन प्रसाद ओलीले आठ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए भने सहभागिहरुले सामुदायिक बिद्यालयहरुमा राजनैतिक हस्तक्षेप तथा शिक्षकहरुको राजनैतिक कृयाकलाप र अभिभावकहरुको गैरजिम्मेवारपनका कारण शिक्षाको गुणसतर दिनानुदिन खस्कदै गएको कुरा बताएका थिए ।