विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन

पढ्न समय: 1 मिनेट

काठमाडौँ — दिल्लीस्थित नेपाली दूतावासले आफ्नो पछिल्लो विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गरिएको खबर ईकान्तिपुर डटकममा छ |

 नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुधबार बुझाएको ओहोदाको प्रमारणपत्र बारेको विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरण उल्लेख छ ।दिल्ली नियोग हुँदै परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति केपी शर्मा ओलीका तर्फबाट’ एकसाथ शुभेच्छाको सन्देश व्यक्त गरिएको छ।

- Advertisement -
Ad image

यसअघि, गत पुस १० मा इन्डानेसियामा आएको सुनामीका कारण ठूलो जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डानेसियाली राष्ट्रपतिलाई ‘समवेदना’ जनाउनुपर्नेमा ‘शुभकामना’ पठाएर प्रेस विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिको सर्वत्र निन्दा भएपछि र पररष्ट्रको ‘कपी–पेष्ट’ कार्यशैलीमा प्रश्नचिह्न उठेपछि परराष्ट्र मन्त्रीको निजी सचिवलायले क्षमायाचना गर्दै विज्ञप्ति सुधारेको थियो। उक्त गम्भीर त्रुटीबारे छानबिन गरिने र सम्बद्ध अधिकारीलाई कार्यबाही गरिने भनिएपनि उक्त घटनामा कुनै छानबिन भएको जानकारी बाहिर आएको छैन।
परराष्ट्रको उक्त कार्यशैली सेलाउन नपाउँदै दिल्ली दूतावासबाट ‘प्रधानमन्त्री केपी शर्मा ओली’ लाई राष्ट्रपति सम्बोधन गरेर विज्ञप्ति जारी गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *