
११ भदौ गौरीगञ्ज । गौरीगञ्ज ६ खजुरगाछी स्थित रुबि डिपार्टमेन्टका सँक्रमित सँचालकको सम्पर्कमा आएका दोश्रो चरणका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत भदौ ४ गते उक्त डिपार्टमेन्टका सँचालकलाइ कोरोना सँक्रमण पुष्टी भएपछी पहिलो चरणमा ५ गते ७४ जनाको र ८ गते दोश्रो चरणमा १ सय ५५ जनाको स्वब सँकलन गरि पिसिआर परीक्षणका लागि धरान पठाइएको थियो ।
दोश्रो चरणमा भदौ ८ गते सँकलित १ सय ५५ मध्ये आज सबै १ सय ५५ जनाकै रिपोर्ट नेगेटिभ आएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । यसअघि पहिलो चरणमा उनको सँपर्कमाआएका ७४ जनाको रिपोर्ट हिजो सम्म आइसकेको र सो ७४ जना मध्ये सँक्रमित पुरुषको आमालाइ मात्र सँक्रमण पुष्टी भएको हो । सँक्रमित पुरुष भने हिजै निको भएर घर फर्किसकेका छन् । त्यसै गरि भदौ ७ गते गौरीगञ्ज १ महाभारा बाट सँकलित ६२ जनामध्ये सबैको पिसिआर रिपोर्ट पनि निगेटिभ आएको कुरा शाखा प्रमुख मिश्रले जनाएका छन् ।
समुदाय स्तरमै रहेको ब्यक्तीमा सँक्रमण पुष्टी भएपछी गत भदौ ५ गतेदेखि गौरीगञ्जका बडा नँ ३,४,५ र ६ मा निषेधाज्ञा जारि गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछी बजार खुलाउने वा नखुलाउने बिषयमा गौरीगञ्ज गाउँपालिकामा बैठक बस्ने तयारी भएको बुझिएको छ ।