साउन ३१, गौरीगञ्ज । राष्ट्रिय स्वतन्त्रता पार्टी गौरीगञ्जलााइ पहिलो गास मै ढुङ्गा लागेको छ । पार्टीले तय गरेको गौरीगञ्जको पालिका स्तरीय समिति गठनको कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाइको उपस्थित नभएपछि कार्यक्रम नै खल्लो भएको एक सदस्यले बताएका छन् ।

कार्यक्रममा जन उपस्थिति जुटाउन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइले सँबोधन गर्ने भनि मँगलबारदेखि नै प्रचार प्रसार गरिएको थियो।
“प्रसााइजी आउने कुरा जिल्ला सँयोजक सँग कन्फर्म गरेर नै हामिले माईकिङ गराएका थियौ तर आज काठमाडौं बाट उहाँको प्लेन डिले भएपछि उहाँ कार्यक्रमा शगन सक्नु भएन ।”- रास्वपा गौरीगञ्जका तदर्थ समिति सँयोजक अर्जुन राउतले बताए । ” हामी यसका लागि क्षमा प्रार्थी छौं ।”
रमेश प्रसाइ नआउने भएपछि केहि प्रदेश र जिल्ला स्तरका नेताहरुको उपस्थितिमा गौरीगञ्ज गाउँ कमिटी गठनको कार्यक्रम अघि बढाईएको थियो। यो रिपोर्ट तयार पार्दासम्म समिति गठन भइसकेको छैन ।