रबि समर्थक र प्रहरी बीच झडप : चितवनका डिएसपी सहित चार प्रहरी घाईते

पढ्न समय: 1 मिनेट

चितवन । चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । 

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको थियो । 

- Advertisement -
Ad image

लामिछानेका रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा बालेर प्रदर्शन गरिरहेका छन् । 

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । 

साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । 

आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ । 

बाह्रखरी डटकम बाट साभार

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *