अर्जुन दँगाल ‘अपार‘
हे र्इश्वर !
अर्काे जूनी म पुरुष हुनु नपराेस् ।
याे सपनाकाे बाेझ !
मुस्कुराउन नसिक्दै
आेठहरू गल्छन्
उभिन नसिक्दै
काँधहरू दब्छन्
मेरा अछ्यरहरूमा
कयौं सपनाहरू
मेरा स्वतन्त्रतामा
कयाैं साङ्लाहरू
मेराे आफ्नै कदम
आफ्नाे निम्ति हिँड्न पाउँदिनँ
मेराे आफ्नै आँखा
आफ्नाे निम्ति हेर्न पाउँदिनँ
म मर्द !
आफ्नाे निम्ति मर्न पाउँदिनँ
हे र्इश्वर !*
अर्काे जन्ममा म पुरुष हुनु नपराेस् ।
माया गर्न पनि रिसाउनु पर्ने
दुख्दा आँशु पनि लुकाउनु पर्ने
हाँसाे लुकाएर कतै
आँखा तरी हेर्नु पर्ने
म मर्द!
केश सहलार्इ निधार चुम्न पाउँदिनँ
औंला समार्इ सँगै हिँड्न पाउँदिनँ
छाँद हालेर अँगालाेमा
भिज्न भिजाउन पाउँदिनँ
प्रभू !*
पुनर्जन्ममा म पुरुष हुनु नपराेस् ।
*सर्तहरू लागू हुनेछन्
प्रतिक्रिया लेख्नुहोस्


Wawauuu ??????
Wow so nice