झगेन्द्र खड्का
गौरादह/गौरादह नगरपालिका वडा नं -७ स्थित भारती आधारभूत बिद्यालयका -३ वटा कम्प्युटर चाेरी भएका छन। बिद्यालयकाे कम्प्युटर काेठामा राखिएका कम्प्युटर बुधबार राति चाेरी भएकाे बिद्यालयका प्रधानाध्यापक हिरालाल ताजपुरीयाले जानकारी गराए।बिद्यालयमा काेठा भित्र राखिएका कम्प्युटर ढाेकाकाे चाबी फुटाएर चाेरी गरेकाे प्रधानाध्यापक ताजपुरियाले बताए। कम्प्युटरहरु राति चाेरी भएकाे तर बिहान १० बजे बिद्यालय खाेल्न पुग्दा कम्प्युटर काेठाकाे चाबि फुटाएकाे देखेपछि भित्र हेर्दा कम्प्युटर नदेखिएकाे प्र. अ. ले बताए। कम्प्युटर सँगै,मनिटर, किबाेर्ड, माउस समेत चाेरि भएकाे छ।बिद्यालयका कम्प्युटर चाेरी भएकाे थाहा भएपछि ईलाका प्रहरी कार्यलय गौरीगंजमा घटनाकाे जानकारी गराएपछि गौरीगंजका प्रहरी प्रमुख राकेश रेग्मीले बिद्यालय भएकाे घटनाकाे निरिक्षण गरेका थिए। चाेरी भएकाे ठाउँको निरीक्षण गरि चाेरी गर्ने ब्याक्तीहरुकाे खाेजी कार्य तिब्र रुपमा गरिने र चाँडोभन्दा चाँडो चारीगर्ने ब्याक्ती पत्ता लगाइने प्रहरी प्रमुख रेग्मीले बताए।