ब्यबस्थापन बिषयमा गौरीगञ्ज बहुमुखि क्याम्पसको उत्कृष्ट नतिजा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज ३ स्थित गौरीगञ्ज बहुमुखि क्याम्पसले ब्यबस्थापन सँकाय तर्फ कक्षा १२ मा २ जना बि प्लस सहित सत प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ । क्याम्पसबाट ब्यबस्थापन सँकाय तर्फ कक्षा १२ को परीक्षामा सामेल ६ जना बिद्‍यार्थी मध्ये २ जनाले बि प्लस र बाकी ४ जनाले बि ग्रेड ल्याएका हुन् ।
त्यसैगरि शिक्षा शास्त्र सँकाय तर्फ ५७ जना बिद्यार्थी मध्ये ३ जना बि ग्रेड सहित १५ जना बिद्यार्थी उतिर्ण भएको कुरा क्याम्पसले जनाएको छ ।
कक्षा १२ को रिजल्ट सँगै क्याम्पसले स्नातक तह चार बर्षे बिए बिबिएस र बिएडमा नयाँ भर्ना खुल्ला गरेको छ । स्नातक तहको कक्षा सँचालन भदौको दोश्रो साता देखि हुने कुरा क्याम्पस प्रमुख सर्वतलाल राजवँशीले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *