बिरगञ्जमा थपियो १७ सँक्रमित , सँक्रमितको सँख्या ९९ पुग्यो

पढ्न समय: 1 मिनेट

२१ वैशाख, वीरगञ्ज । वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

- Advertisement -
Ad image

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् ।

उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *