
बजार अनुगमनका क्रममा झापाको गौरीगञ्जमा ४ वटा पसल कारवाहीमा परेका छन् । जिल्ला प्रसासन कार्यालय झापाका सहायक प्रजिअ राजकुमार राइको नेतृत्वमा भएको सँयुक्त अनुगमा तथा निरीक्षण का क्रममा गौरीगञ्जका ४ वटा पसल हरुमा म्याद गुज्रेको सामान राखेको‚ अधिकतम मुल्य भन्दा महँगोमा सामान बिक्री गरेको तथा मुल्य सुची नराखेको पाइएपछी सो पसलहरुलाइ कारबाही गरिएको हो ।
गौरीगञ्ज ३ स्थित कुशल फलफुल पसल र गौरीगञ्ज ६ स्थित भावना स्टोर्स लाइ जनही रु १० हजार जरिवाना र लकडाउन खुलेको ३ दिन भित्र जिल्ला प्रसासन कार्यालय झापामा उपस्थित हुने गरि कारवाही गरिएको र गौरीगञ्ज ५ स्थित साक्षि किराना लाइ रु ५ हजार जरिवाना सहित लकडाउन खुलेको ३ दिन भित्र कार्यालयमा उपस्थित हुने गरि पुर्जि काटीएको छ । त्यसै गरि गौरीगञ्ज ३ बुधबारे बजार स्थित प्रदिप किरानालाइ १० हजार जरिवाना सहित सो पसललाइ सील गरिएको कुरा घरेलु उद्योग कार्यालय झापाका प्रमुख छबिलाल खतिवडाले बताएका छन् ।
जिल्ला प्रसासन कार्यालय झापा इलाका प्रसासन कार्यालय गौरीगञ्ज घरेलु उद्योग कार्यालय झापा गौरीगञ्ज गाउँपालिका झापा उद्योग बाणिज्य सँघ गौरीगञ्ज इलाका प्रहरी कार्यालय गौरीगञ्ज लगायतको सँयुक्त अनुगमन टोलीले गौरीगञ्ज वडा नँ ३ र वडा नँ ६ का १२ वटा पसलहरुमा अनुगमन गरेका थिए । अनुगमनका क्रममा गौरीगञ्ज ६ खजुरगाछी स्थित जयश्री किराना सबै भन्दा ब्यबस्थित रहेको भन्दै सहायक प्रजिअ राजकुमार राइले प्रसँसा समेत गरेका थिए ।
लकडाउन भए यता गौरीगञ्ज क्षेत्रमा कालोबजारी हुने गरेको गुनासो जन साधारणहरुबाट अत्याधिक आउन थालेको थियो ।
लकडाउनको बेला जनताहरुमा खाद्यान्नको अभाब हुन नदिन तथा बजार क्षेत्रमा हुने गरेको कालो बजारी नियन्त्रण गर्न गरिएको अनुगमनका क्रममा ब्यापारीहरुलाइ सल्लाह र सुझाब दिएएको तथा बढी कमीकमजोरी गर्नेहरुलाइ साँकेतिक जरिवाना सहित कारवाही गरिएको कुरा झापा उद्योग बाणिज्य सँघ गौरीगञ्ज शाखाका अध्यक्ष मखना हतोले बताए ।

