सुजन बुढाथोकी
रतुवामाइ,मोरङ्ग


निरन्तर उता पानी परिरहेछ
झरझर एता आँसु झरिरहेछ

तिमिले छाडेर गएपछी,तिमिले हो तिमिले
अरे यार यो मान्छे यहाँ दिउसै ढलिरहेछ
झरझर उता पानी निरन्तर परिरहेछ

बाहिर विशालै बर्सात भएपनी,बाहिर
मानौ कि यो मुटुनीर अग्नि बलिरहेछ
बारम्बार उता पानी बेकार परिरेहेछ

जिन्दगिभर जस्लाइ म माया गरिरहे
अफसोच उ अर्कैलाइ माया गरिरहेछ
झरझर निरन्तर एता आँसु झरिरहेछ

बाटामा त्यो बुडो गाइ बाआ! गर्छ मियासङ्ग
हेर्छ र भन्छ अझै बाछ्छा चौरिमा चरिरहेछ
बारम्बार उता पनि बेकार परिरहेछ

त्यो गाउ र यो सहरमा के फरक छ यार
किनारमा हेर,
जिन्दगि जस्को जिन्दगिभर लढिरहेछ
झरझर एता आसु निरन्तर झरिरहेछ

यी सडकपेटिका
मकै देख्दा मलाइ यस्तो लाग्छ
अगेनोमा मकै हैन
कि बिधुवाकै जवानी जलिरहेछ
बारम्बार उता पानी बेकार परिरहेछ…..

ती झुपडीहरु अब बडादसै यसरी आउँछ
जसरी कोहि बालुबामा पानी भरिरहेछ
झरझर एता आँसु निरन्तर झरिरहेछ

कुकुर सम्झिएर,
जस्लाइ चोरहरुले चोक्टामा किन्न खोजे
कारागारमा पुगेपछी मात्र भो उ प्रहरि रहेछ
बारम्बार उता पानी बेकार परिरहेछ

धुवा,नसा पिए रक्सी जुवा,रण्डि ब्युझिए जिन्दगि
र मैले मर्नेबेलामा भने कि त्यो मात्र निदरी रहेछ
झरझर उता पानी निरन्तर परि रहेछ

बारम्बार उता पानी बेकार परि रहेछ
झरझर एता आसु निरन्तर झरि रहेछ !!