साउन २३ हल्दिबाारी । स्थानीय हरुबाट तीब्र आलोचना भएपछि हल्दिबारी गाउँपालिकाले आफ्नो पालिका भित्को जग्गा बर्गिकरण पुनरावलोकन गर्ने भएको छ । गाउँपालिकले त्यसका लागि भू-उपयोग तथा जग्गा वर्गीकरणसम्वन्धी सहजीकरण समिति गठन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा सो समिति गठन गरिएको हो । जसको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाँई रहेका छन् । त्यस्तै सदस्यहरुमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ,सबै वडाध्यक्षहरु ,क्रियाशील राजनीतिक दलका एक-एक जना प्रमुख तथा प्रतिनिधिलाई राखिएको छ ।
हल्दिवारीमा वैज्ञानिक आधारमा जग्गा वर्गीकरण नभएको भन्दै राजनीतिक दलहरुले चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।
गाउँपालिका अध्यक्ष लिङ्देन ले जग्गा भू-उपयोग वर्गीकरणसम्वन्धी विषयमा गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले वुझाएको ज्ञापनपत्रका मागहरुलाई संवोधन गर्दै समस्या समाधान लागि सो समिति गठन गरिएको बताएका छन् ।
नवगठित उक्त समितिले जग्गा वर्गीकरणसम्बन्धी आएका समस्याहरुको पहिचान गर्ने र समाधानका लागि अघि बढ्ने निणर्य गरेको छ । हल्दिवारी गाउँपालिकाको भू-उपयोग तथा जग्गा वर्गीकरण कार्यमा केही प्राविधिक समस्या देखिएकाले केही समयका लागि जग्गा अद्यावधिक सिफारिस कार्य स्थगित गरिएको छ । साथै ध्यानाकर्षण पत्रमा माग भएबमोजिमको कर्मचारीको नियुक्तिका सम्बन्धमा गाउँपालिकाले नियमबमोजिम कार्य गर्ने तथा रोकिएका आयोजनाहरुलाई स्रोत साधन र बजेटको उपलब्धता हेरी कार्यान्वयन गरिने समेत निणर्य गरिएको छ ।