मँसिर १२ गौरीगञ्ज । गत मँसिर ४ गते सम्पन्न भएको प्रतनिधिसभा र प्रदेशसभाको झापा क्षेत्र नँ ५ को मतगणना सक्किएको छ । क्षेत्र नँ ५ को प्रत्यक्ष र समानुपातिक दुबै तिरको मतगणना सक्किएको कुरा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रतिनिधि सभा तर्फ समानुपातिक मा एमाले पहिलो दल बनेको छ । एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ ३५ हजार ८ य ७२ मत पाएको हो । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले १८ हजार २ सय ५ मत ल्याएर झापा क्षेत्र नँ ५ को दोश्रो ठुलो दल बनेको छ भने काँग्रेसले १६ हजार ८ सय ५९ मत पाएर तेश्रो ठुलो दल बनेको छ ।
माओबादी केन्द्रले ८ हजार ६ सय ८० मत पाएर चौठ्ठो राप्रपाले ७ हजार ३ सय ७० मत पाएर पाचौ स्थान बनाएको छ । जनमता पार्टीले १ हजार ८ सय ५० र सँघिय लोकतान्त्रिक सँघिय मञ्चले १ हजार ४ सय ४७ मत पाएको छ ।
त्यसैगरि प्रदेश सभा तर्फ झापा क्षेत्र नँ ५ मा एमालेले ३९ हजार ७ सय ४७ मत पाएरपहिलो स्थान बनाएको छ भने काँग्रेसले १७ हजार ६ सय ७३ मत पाएर दोश्रो स्थान बनाएको छ । त्यसैगरि राप्रपाले १४ हजार ७ सय ५० मत पाएर झापा ५ को तेश्रो ठुलो दल बनेको छ भने माओबादी केन्द्रले ७ हजार ७ सय ७२ मत पाएर चौथो स्थान बनाएको छ । सँघिय लोकतान्त्रिक सँछिय मञ्चले २ हजार ७ सय ८ मत पाएको छ भने जनमत पार्टीले २ हजार ४ सय ३२ मत पाएको छ ।