• मंसिर १, २०७९
  • Madan Rajbanshi
  • 0


मौन अबधि शुरु हुनै लाग्दा झापामा एमाले र काँग्रेस चुनाबि प्रतिस्पर्धाको अन्तिम तयारीमा जुटेका छन् । आज चुनाबि प्रचारको अन्तिम दिन झापामा काँग्रेस र एमालेले भब्य चुनाबि सभाको आयोजना गर्दैछन् ।


नेपाली काँग्रेसले आज धुलाबारीमा भब्य चुनाबि सभा गर्दैछन् भने एमालेले मेचीनगर र गौरीगञ्जमा भब्य चुनाबी सभाको तयारी गरेका छन् । नेपाली काँग्र सहितको गठबन्धनले हिजो काकडभिट्टामा चुनाबि सभा गरिसकेका छन् । आज चुनाबी प्रचारको अन्तिम दिन दिउसो ३ बजे धुलाबारीमा हुने नेपाली काँग्रेस सहितको गठबन्धनको चुनाबी सभालाइ झापा १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिश्वप्रकाश शर्मा सोहि क्षेत्रका प्रदेश क का उम्मेद्वार गोपाल तामाङ र प्रदेश ख का उम्मेद्वार श्यामबिर लिम्बु लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कुरा पार्टी श्रोतले जनाएको छ । सो सभामा लोकप्रीय गायकहरु शम्भु राइ यस कुमार र रचना रिमालको सँगितिक प्रस्तुती रहने कुरा समेत जनाइएको छ ।

यो बिज्ञापन हो

त्यसैगरि एमालेले आज बिहान मेचीनगरको इटाभट्टा र दिउसो गौरीगञ्जमा चुनाबि सभाको आयोजना गरेको छ । दुबै चुनाबी सभाहरुलाइ पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ । पुर्व प्रधान मन्त्री ओली बिहान मेचीनगरको चुनाबीसभालाइ सम्बोधन गरेर दिउसो २ बजे गौरीगञ्ज आइ पुग्ने कुरा पार्टी क्षोतले जनाएको छ ।