झापाका २ सहित थपिए २०१ नयाँ सँक्रमित : कुल सँक्रमितको सँख्या २३ सय पुग्यो

पढ्न समय: 1 मिनेट

आज नेपालमा थप २०१ जनामा कोरोनासँक्रमण पुष्टी भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो । आज पुष्टी भएका सँक्रमित मध्ये २ जना झापाका रहेको कुरा स्वास्थ्य मन्त्रालयले जनाएको छ । झापाको कमल गाउँपालिका का १८ वर्षिय पुरुष र झापाकै बुद्ध शान्ति गाउँपालिका को क्वारेन्टाइन मा रहेका १ पुरुष मा सँक्रमण देखिएको हो । त्यसै गरि मोरँगको रँगेली नगरपालिकाका २ पुरुषमा समेत सँक्रमण पुष्टी भएको हो ।
यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।
यस्तै हालसम्म ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *