रबिन्द्र बराल
२१ जेठ रँगेली । रँगेली नगरपालिकाका दुइ जना युवामा कोरोना सँक्रमण पुष्टी भएको छ । बुधबार कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा मोरङको रंगेली नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरु भारतको नब्बेपुरा भन्ने स्थानबाट आएका थिए । १४ जेठमा आइपुगेका संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए ।
१५ गते स्वाब संकलन गरी पठाएकोमा बुधबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाका प्रमुख मेयर दिलिप बगडिया ले बताए ।
उनका अनुसार संक्रमण पुष्टि भएकाहरुलाई कोशी अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

