गौरीगञ्ज । आज झापाको कमल गाउँपालिकामा पहिलो पटक जिरोमा सँक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत सो कुरा पुष्टी गरेकाछन् ।
सँक्रमित १८ वर्षिय पुरुष कमल गाउँपालिका वडा नँ १ बाँसबारीको रहेको बुझिएको छ । उनि गत जेठ १४ गते भारतको पटना बाट जोगवनी नाका हुदै नेपाल आएको र उनलाइ कमल गाउँपालिका को सहिद धर्मभक्त माबि को क्वारेन्टाइन मा राखिएको थियो । उनलाइ थप उपचारका लागि बिराटनगर स्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्र पठाइएको कुरा स्वास्थ्य शाखा
।
यो सँगै कमल गाउँपालिका झापाको आठौ कोरोना सँक्रमित पालिका बनेको छ यस अघि झापाको दमक नगरपालिकामा झापाकै पहिलो कोरोना सँक्रमित फेला परेको थियो । त्यस पछि बाह्रदशीमा २ जना कचनकबलमा १सय १ जना झापा गाउँपालिकामा १ जना गौरादह नगरपालिकामा २ जना, गौरीगञ्ज गाउँपालिकामा ४ जना र पछिल्लो समय हिजो बुद्ध शान्ति गाउँपालिकामा १ जना सँक्रमित फेला परेको थियो । यो सँगै झापामा कुल सँक्रमितको सँख्या १ सय १४ पुगेको छ ।

