बैशाख १६ गौरीगञ्ज । कोभिडको सँक्रमण बढिरहेको बेला नेपाल सरकार मन्त्री परिषद र डिसिसिएमसि झापाको निर्णय बिपरित बैशाख १६ गतेदेखि बार्षिकपरीक्षा लिन थालेका गौरीगञ्जका बोर्डिङ स्कुल हरुको परीक्षा रोकिने भएको छ ‌ ।

सरकारले बैशाख मसान्तसम्म शेक्षिक सँस्था हरु का प्रत्यक्ष पठनपाठन र निर्धारित परीक्षा हरु बन्द गर्न निर्णय गरे पनि।गौरीगञ्ज क्षेत्रमा सञ्चालित बोर्डिङ स्कुल हरुले १६ गते देखि परीक्षा लिने अनौपचारिक तालिका प्रकाशित गरि बिहिबार परीक्षा समेत सञ्चालन गरेका थिए । गौरीगञ्ज क्षेत्र मा समेत कोरोना सँक्रमित हरुको सँख्या दिन दिनै बढ्न थालेपछि बोर्डिङ स्कुल हरुको निजि स्वार्थ का कारण बालबालिका हरुको स्वास्थ्य अवस्था जोखिममा परेको भन्दै अभिभावकहरु ले चौतर्फी बिरोध गरेका थिए ।

अभिभावकहरुको चौतर्फी बिरोध र दवाब पछी गौरीगञ्ज गाउँपालिका ले एक सुचना जारी गर्दै अर्को सुचना जारी नभएसम्म का लागि गौरीगञ्ज क्षेत्र भित्र सञ्चालित सबै शैक्षिक सँस्था हरु लाई प्रत्यक्ष रुपमा भेला भई गरिने सबै किसिमका शैक्षिक गतिबिधिहरु तथा परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । सुचना अवज्ञा गरे उत्पन्न परिस्थिति को जिम्मेवार अवज्ञा गर्ने सँस्था स्वयं हुनु पर्ने जनाएको छ ।‌