असार २० गौरीगञ्ज । झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । वडा नं ६ कञ्चिराका स्थानीय परसदिया सरदारका १३ बर्षका छोरा विजय सरदारको आज बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा धानको बीउ उखेल्न गएको बेला उनको मृत्यु भएको स्थानिय हरुले बताएका छन् । स्थानीय हरुका अनुसार च्टयाङको झट्का लागेर मृतक बालकसँग रहेका आसामुदिन मियाँसहितका ब्यक्ति हरु बेहोस भएका थिए । घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन्।
मोहम्मद आसानुद्दिन वडा नँ ६ का निर्वाचित वडा सदस्य हुन् ।