• मंसिर १४, २०७९
  • Madan Rajbanshi
  • 0

मँसिर १४ गौरीगञ्ज । कोरोना महामारीको बेला जारी भएको लकडाउन देखि बन्द रहेको गौरीगञ्जको छोटी भन्सार फेरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बिगत लामो समयदेखि प्रयोग बिहिन रहदै आएको खजुरगाछीको नब निर्मित भबनलाइ लाइ प्रयोगमा ल्याउने गरि छोटी भन्सार पुन:सञ्चालनको तयारी गरिएको हो । सो कार्यालय पुन: सञ्चालनका लागि आवश्यक तयारी गर्न बुधबार भन्सार कार्यालय काकडभिट्टाका प्रमुख रामप्रसाद पाठक सहितको टोलीले भबनको निरिक्षण गरेका छन् ।

कोरोना काल यता गौरीगञ्जको छोटी भन्सार कार्यालय कर्मचारी बिहिन हुँदा भारतको बिभिन्न सीमासँग जोडीएका गौरीगञ्जका बाटोहरु भएर अबैध माल सामान भित्रिने क्रम मौलाएको छ । सो भन्सार कार्यालयमा नायब सुब्बा सरहको कर्मचारीको दरबन्दी रहेपनि कर्मचारी बिहिन हुनु अघि सो छोटी भन्सार कार्यालय सहयोगीको भरमा चल्दै आएको थियो । अब सो कार्यालय पुन: सञ्चालनमा आउदा नासु सरहकै कर्मचारी खटाइने कुरा काकडभिट्टा भन्सार प्रमुख पाठकले बताएका छन् ।