कार्तिक २४ गौरीगञ्ज । तिहारको अबसर पारेर गौरीगञ्ज बहुमुखी क्याम्पसमा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा भएको कार्यक्रममा गीत नृत्य तथा कबिता लगायतका बिधाहरुमा प्रतिस्पर्धा गरिएको थियो ।
प्रतिस्पर्धामा कबिता बिधा तर्फ अनिता गिरी प्रथम, मेनुका राजवँशी द्वितिय र इन्द्र राजवँशी तृतिय भएका छन् भने गायन तर्फ देब राजवँशी प्रथम, बिष्णु राजवँशी द्वितिय र इन्द्र राजवँशी तृतिय भएका थिए । त्यसैगरी एकल नृत्य तर्फ मोहिनी राजवँशी प्रथम किरण प्रधान द्वितिय र युगिशा कटुवाल तृतिय भएका थिए भने सामुहिक नृत्य तर्फ इन्द्र राजवँशी र पुष्पा राजवँशीको समुह प्रथाम र मुना डाँगी र मोहिनी राजवँशीको समुह द्वितिय भएको थियो ।
स्वबियु गौरीगञ्ज क्याम्पसका सभापती स्तप हुसेनको अध्यक्षता र गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तिहार बिशेष कार्यक्रममा वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी क्याम्पस प्रमुख सर्वतलाल राजवँशी लगायत क्याम्पसका शिक्षक तथा प्राध्यापकहरु र बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गौरीगञ्ज तर्क्वान्दो डोजाङ का प्रशिक्षार्थीहरुले समेत प्रस्तुती दीएका थिए ।