असार २१, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका को नवौँ गाउँसभा ले आफ्नोे मागहरु सँबोधन नगरेको भन्दै गौरीगञ्जका शिक्षक सँगठन हरुले आन्दोलनको घोषणा गरेका छन् । एक सँयुक्त बिज्ञप्ति प्रकाशित गर्दै शिक्षक सँगठन हरुले सँघिय सरकारले यस पटकको बजेट प्रस्तुत गर्दा बालशिक्षक र कर्मचारीहरुको न्युनतम तलब रु. १५,०००/- (पन्ध्र हजार मात्र कायम गर्नेे भनिए पनि गौरीगञ्ज गाउँपालिका ले सो कुरा यस बर्ष को बजेट मा नसमेटेकाले आन्दोलनको घोषणा गरिएको जनाएका छन् ।
बिज्ञप्ति मा असार २२ गतेदेखि २५ गतेसम्म स्थानीय तहको काम रोक तथा धर्ना जुलुस गर्ने र असार २५ गतेसम्म पनि कुनै सुनुवाई नभएको खण्डमा मिति २५ गते पश्चात पुःन कडा आन्दोनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
नेपाल शिक्षक संघ, नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक सँगठन, नेपाल बिद्यालय कर्मचारी परिषद र बाल बिकास शिक्षक सँघर्ष समिति का गौरीगञ्ज अध्यक्ष हरु द्वारा सँयुक्त रुपमा जारी विज्ञप्तिमा गाउँपालिकाको नवौं गाउँ सभाको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सँघिय सरकारले तोकेको न्युनतम पारिश्रमिक समेटन नसकेकोले नेपाल शिक्षक महासंघ गौरीगंज झापा लगायत पेशागत संघ, संगठन गौरीगंजको गम्भीर ध्यानाकर्षण भएको र स्थानीय तहले अधिकारको प्रयोग गर्न मात्र होइन कर्तव्य तथा जिम्मेवारीका पक्षहरुलाई उतिकै गम्भिरतापूर्वक लिन आवश्यक छ । जिम्मेवारी र कर्तव्यवाट पन्छिने कुरा र अधिकारको मात्र प्रयोग गर्ने व्यवहार एक अर्कामा कदापि मेल खादैन । तसर्थ हामी गौरीगंज गाउँपालिकालाई संघिय सरकारको बजेट मार्फत घोषणा गरेको बालशिक्षक र विद्यालय कर्मचारीहरुको न्युनतम पारिश्रमिक रु १५,०००/ कायम गर्नका लागि यसै विज्ञप्ती मार्फत अपिल गर्दछौं । हाम्रो आग्रहलाई नजरअन्दाज गरि सुनवाई नभएमा सबै शिक्षक, बालशिक्षक तथा कर्मचारीहरु एकवद्ध भई चरणवद्ध कडा आन्दोलनमा होमिनुको विकल्प नरहेको कुरा समेत यसै विज्ञप्ती मार्फत जानकारी गराउदछौं लेखिएको छ ।