साउन ७ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ मा रहेको चतरा गुठी अन्तर्गतका जग्गाहरुको चर्को मालपोत तिर्न बाध्य भएका स्थानियहरुले मालपोत शुल्क घटाउन आफै जुटेका छन् । जनताको पिर मार्कामा गौरीगञ्जको स्थानिय सरकारले चासो नलिएपछी महाभारा कुँजीबारीका स्थानियहरु आफै ध्यानाकर्षण पत्र लिएर मालपोत कार्यालय दमक पुगेका छन् ।

महाभारा सामुदायिक बिकास सँस्थाको अगुवाइमा स्थानियहरुको हस्ताक्षर सँकलन गरि चतरा गुठी अन्तर्गतका जग्गाहरुको चर्को मालपोत शुल्क घटाउनु पर्ने माग सहितको ध्यानाकर्षण पत्र मालपक्त कार्यालय दमक मार्फत गुठी सँस्थान प्रधान कार्यालयमा पठाएका छन् । ध्यानाकर्षण पत्र बुझाएपछी मालपोत कार्यालय दमकका प्रमुख सँगको छलफलमा हाल सो गुठीको प्रति कठ्ठा रु १ सय २५ रुपैया मालपोत बुझाउदै आएकोमा अब देखि प्रति कठ्ठा रु ८४ रुपैया मात्र लिने सहमती भएको कुरा टोलीमा सहभागि माओबादी केन्द्रका स्थानिय अगुवा तिलक प्रसाद राजवँशीले जानकरी दिएका छन् । यद्यपी यसबारे मालपोत कार्यालय दमकले आधिकारीक जानकारी दिएको छैन । मालपोत कार्यालय दमकमा फोन सँपर्क गर्दा सँपर्क हुन सकेको छैन ।

गौरीगञ्ज वडा नँ १ मा कुल खेति योग्ग जमिनको झण्डै ७५ प्रतिशत जमिन चतरा गुठी अन्तर्गतको रहेको छ भने गत बर्ष देखि त्यहाका स्थानियहरुले सो गुठी अन्तर्गतको जग्गाको मालपोत प्रति कठ्ठा रु १ सय २५ रुपैया को दरले चर्को शुल्क तिर्दै आएका छन् । यस बारे स्थानियहरुले बारम्बार गौरीगञ्जको स्थानिय सरकारलाइ अबगत गराउँदा समेत स्थानिय सरकारले यसबारे कुनै चासो देखाएको थिएन । गौेरीगञ्ज गाउँपालिले यस बारे कार्यपालिका बैठकबाट र वडा नँ १ को कार्यालयले वडा समिती बाट केहि समय अघि चतरा गुठीलाइ ध्यानाकर्षण गराउने निर्णय गरेपनि त्यो निर्णय कागजमा मात्र सिमित भएको थियो । वडा कार्यालय देखि गाउँपालिका कार्यालय सम्म जानकारी गराउँदा समेत स्थानिय सरकारले चासो नलिएपछी हामी आफै ध्यानाकर्षण पत्र लिएर दमक आएका हौ – स्थानिय अगुवा तिलक प्रसाद राजवँशीले बताए ।