चैत ११, झापा । क्षयरोग दिवस को अबसरमा गौरीगञ्ज गाउँपालिका ले एक जना स्वास्थ्य कर्मी लाई सम्मान गरेको छ । दिवसको अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी मा कार्यरत ल्याब टेक्निसियन (अधिकृत छैठौँ तह) होमराज बोहरालाई सम्मान गरिएको हो ।


लामो समयदेखि गौरीगञ्ज क्षेत्रमा क्षयरोग परीक्षण तथा निदानमा पुर्याएको योगदानको कदर गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बोहरालाई सम्मान पत्र तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम मा उपाध्यक्ष दिपेन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, लगायतको उपस्थिति रहेको थियो ।